काँकरभिट्टा । छैटौँ मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुधबारबाट सुरु भएको छ ।
काँकरभिट्टा माविको खेलमैदानमा प्रमुख अतिथि नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीले सिठ्ठी फुकेर कार्यक्रमको उद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि बुढाथोकीले राष्ट्रपति रनिङ शिल्ड आउँदो वर्षबाट शैक्षिक क्यालेन्डरमै समेटेर संचालन गर्न आग्रह गरे ।

त्यस्तै विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले खेल मैदानको विकास गर्दै खेलकुदका कार्यक्रम अझ व्यस्थित बनाएर लैजाने दाबी गरिन् ।
उद्घाटन समारोहमा काँकरभिट्टा माविका विद्यार्थीहरुले स्वागत नृत्य, इष्ट हिराइजन माविको ब्याग पाइपर ब्याण्डले आफ्नो प्रस्तुति दिएको थियो । त्यस्तै अरनिको डोजो गाडागल्लीका खेलाडीहरुले काता प्रदर्शन गरेका थिए ।

यी हुन् पहिलो दिनका विजेता :

पहिलो दिन ट्र्याकतर्फ ४०० तथा ८०० मिटर दौडका फाइनल सम्पन्न भए ।
जसमा ४०० मिटर दौड छात्रतर्फसागर राजवंशी (हिमालय एकाडेमी) प्रथम, ओमन बिक (काँकरभिट्टा मावि) दोस्रो तथा अनुराज मगर (सरस्वती मावि बाहुण्डाँगी) तेस्रो भए ।
त्यस्तै छात्रातर्फ सीता कार्की (धुलाबारी मावि) प्रथम, सलिना सुब्बा (ज्यामिरगढी मावि) दोस्रो तथा पुजा राई (पवित्र मावि बाहुण्डाँगी) तेसो भए ।

त्यसैगरी ८०० मिटर दौड छात्रतर्फ रोशन बिक (मेजस मावि) प्रथम, सन्तोष राजवंशी ( धुलाबारी मावि) दोस्रो तथा अन्स कार्की (हिमालय एकाडेमी) तेस्रो भए ।

त्यस्तै छात्रातर्फ आरती राजवंशी (ज्यामिरगढी मावि) पहिलो, लक्ष्मी बुढाथोकी (आदर्श मावि) दोस्रो तथा आकांक्षा गिरी ( मेजसा मावि ) तेस्रो भए ।

त्यसैगरी कराते एकल काता महिलातर्फ रचना साउदेन(धुलाबारी मावि) प्रथम, मान्यता पुरी(पवित्रा मावि ) द्वितीय तथा कृषा गौतम(धुलाबारी मावी) र अनु चौधरी(दुर्गा अंग्रेजी मावी) तृतीय भए ।
त्यस्तै छात्रातर्फ दिपेन श्रेष्ठ (धुलबारी मावि) प्रथम, स्यामुयल लिम्बू(काँकरभिट्टा मावि) दोस्रो तथा ज्ञानबहादुर बिक आदर्श मावि र करन राई(पवित्र मावि) तेस्रो भए ।
त्यसैगरी छात्र कराते फाइटतर्फ ४० केजी समुहतर्फ जेलिन तामाङ(लिटल एन्जल्स) पहिलो, मनिषा भुजेल(दुर्गा अंग्रेजी मावि) दोस्रो तथा अनुस्का लिम्बू(कृष्ण आवि) तेस्रो भए ।
त्यस्तै ४५ केजी समुहतर्फ स्वीकृति अधिकारी (धुलाबारी मावि) पहिलो, लक्ष्मी लिम्बू(कृष्ण आवि) दोस्रो तथा अस्मिता बस्नेत(धुलाबारी मावि) र सम्झौता तामाङ(मेजेसा मावि) तेस्रो भए ।
समूह खेल अन्तर्गत भलिबल तथा कबड्डीमा सुमह चरणका खेलहरु सम्पन्न भएका छन् । बाँकी खेलहरु भोलि हुने छन् ।
मेचीनगर नगरपालिकाको आयोजना तथा काँकरभिट्टा माविको संयोजनमा भइरहेको रनिङ शिल्डको छैटौँ संस्करणको उद्घाटन समारोहमा विद्यालयका प्रअ तथा सदस्य सचिव देबेन्द्र निरौलाले स्वागत गर्दै प्रतियोगिताको संयोजन गर्ने अवसर दिएकोमा प्रतियोगिता आयोजजकप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतियोगिता आयोजक मुल समिति संयोजक हृदय राजवंशीको सभापतित्वमा सम्पन्न प्रतियोगिताको संचालन विद्यालयकी शिक्षक शुभद्रा भट्टाराईले गरेकी थिइन् ।