काँकरभिट्टा । काँकरभिट्टामा जारी छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो दिन पनि विभिन्न खेल सम्पन्न भएका छन् ।
विजेताहरुलाई मेडल र प्रमाणपत्र द्वारा सम्मान गरिएको छ ।
बिहीबार सम्पन्न ४०० मिटर दौड छात्रतर्फ सागर राजवंशी (हिमालयन मावि) प्रथम, ओमन बिक ( काँकरभिट्टा मावि)द्वितीय र अनुराज मगर (सरस्वती मावी ) तेस्रो भए ।

त्यस्तै छात्रातर्फ सीता कार्की (धुलाबारी मावि)प्रथम, सलिना सुब्बा (ज्यामिरगढी मावि) दोस्रो तथा पुजा राई ( पवित्र मावि ) तेस्रो भइन् ।
त्यस्तै १५०० मिटर छात्रतर्फ हिमालय एकाडेमीका अन्स कार्की पहिलो, धुलाबारी माविका रिदन बिक दोस्रो र पवित्र माविका समीर कट्वाल तेस्रो भए ।
त्यस्तै छात्रातर्फ ज्यामिरगढीकी मरियम बानियाँ प्रथम, धुलावरी माविका रत्ना मलाहा दोस्रो र हिमालयन एकाडेमीका रक्षा सुवेदी तेस्रो भइन् ।

तेक्वान्दो पुम्से छात्रतर्फ सुहान घिमिरे(वासु मावी) पहिलो, प्रज्वल खड्का(पारिजात मावि) दोस्रो, डेनिट राई(गंगा मेमोरियल र राजिव भुजेल(वासु मावि) तेस्रो भए ।
छात्रातर्फ गंगा मेमोरियलका प्राश्ना कार्की प्रथम, काँकरभिट्टा माविका तायामी राई दोस्रो तथा एमिटी पब्लिक स्कुलका रेभिका श्रेष्ठ र धुलाबारी माविका सोमिना राई तेस्रो भए ।

त्यस्तै उसु ४२ केजी छात्रतर्फ आदर्श विद्या मन्दिरका उज्वल भुजेल पहिलो, बाल सुबोधिनीका हेमन रिजाल दोस्रो तथा दिवस राजवंशी र सगुन राउत तेस्रो भए ।
छात्रातर्फ बाल सुबोधिनीकी प्रिया बस्नेत प्रथम, आदर्श माविकी प्रकृति श्रेष्ठ दोस्रो र बाल सुबोधिनीका सारिका दाहाल र सलिना राजवंशी तेस्रो भए ।
ज्याभलिन थ्रोमा छात्र पुर्वान्चल इंग्लिस स्कुलका शिवम लावती प्रथम, सिताराम सामुदायिकका सौरभ राजवंशी दोस्रो र पवित्र माविका प्रयास तामाङ तेस्रो भए ।

छात्रातर्फ प्रवित्र माविका सिमरन राई प्रथम धुलाबारी माविका सृष्टि राई दोस्रो र आदर्श माविकी आरसी राजवंशी तेस्रो भइन् ।
तेक्वान्दो ४२ केजी छात्रातर्फ बाल सुबोधिनीकी अनुजा रायमाझी प्रथम, पारिजात इङ्ग्लिस स्कुलका काब्या कोइराला दोस्रो र सिताराम सामुदायिककी सन्जु राजवंशी र सरस्वती राजवंशी तेस्रो भए ।

४८ केजी समूह छात्रतर्फ होलिबेलका सुयोग मण्डल पहिलो, बाल सुवोधिनीका सरगम गौतम दोस्रो र बाल सुबोधिनीकै सुजल सुवेदी तेस्रो भए ।
छात्रातर्फ बाल सुबोधिनीकी सुमाना भुजेल पहिलो र पार्वता राजवंशी दोस्रो भए ।
त्यसैगरी ४५ केजी समूह छात्रतर्फ बाल सुवोधिनीका सुगम राजवंशी पहिलो, आदर्श विद्या मन्दिरका युनिस अधिकारी दोस्रो तथा आदर्श विद्या मन्दिरकै रोहित राजवंशी तथा रिजन राजवंशी तेस्रो भए ।
छात्रातर्फ बालसुबोधिनीका प्रभा खड्का पहिलो, आदर्श विद्या मन्दिरका निपेक्षा न्यौपाने दोस्रो भए ।

तेक्वान्दो ४६ केजी छात्रातर्फ नर्थ पोइन्टकी सुम्निमा राई प्रथम, बाल सुबोधिनीकी मेरिना राजवंशी दोस्रो र बाल सुबोधिनीका प्रबिना बास्कोटा र एबल्जिना राई तेस्रो भइन् ।
४९ केजी समुह छात्रामा धुलाबारी माविकी श्रेया राना मगर प्रथम, बालसुबोधिनीकी नम्रता खड्का दोस्रो तथा बालसुबोधिनीकी गुन्जन कार्की र काँकरभिट्टा माविकी रोश्नी मालपाडे तेस्रो भइन् ।

त्यस्तै ५२ केजी छात्रातर्फ काँकरभिट्टा माविकि समीक्षा राई प्रथम, बाल सुबोधिनी माविकी रेजिना खातुन दोस्रो र आकृती खवास तथा कवि शिरोमणीकी रचना विश्वकर्मा तेस्रो भइन् ।
कराते ४० केजी छात्रातर्फ लिटल एन्जलका जेलिन तामाङ दुर्गा अंग्रेजी माविकी मनिषा भुजेल द्वितीय, दुर्गा अंग्रेजी माविकी मलिना थापा र कृष्ण आविकी अनुस्का लिम्बू तेस्रो भए ।
४५ केजी उमेर समुहमा धुलाबारीकी स्वीकृति अधिकारी प्रथम, कृष्ण आविकी लक्ष्मी लिम्बू दोस्रो तथा धुलाबारी माविकी अस्मिता बस्नेत तृतीय र मेजसाका सम्झौता तामाङ तेस्रो भइन् ।

लङ्जम्प छात्रतर्फ धुलाबारी माविका सुवास दर्जी प्रथम, ज्यामिरगढी माविका रामप्रसाद हाडी र अरनिको माविका आर्यन किस्कु तेस्रो भए ।
छात्रातर्फ ज्यामिरगढी माविकी सरस्वती राजवंशी प्रथम, तारापुन्ज माविकी प्रज्ञा भुजेल दोस्रो र सरस्वती माविकी निता दाहाल तेस्रो भए ।
तेक्वान्दो छात्रातर्फ बाल सुबोधिनीकी निरु राजवंशी प्रथम, इष्ट होराइजनकी दिपश्री सुवेदी दोस्रो र पारिजात पब्लिक स्कुलका प्रसुना दनुवार तेस्रो भए ।
त्यसैगरी १०० मिटर छात्रतर्फ धुलाबारी माविका सुबास दर्जी प्रथम, ज्यामिरगढीका रमप्रसाद हाडी दोस्रो र आदर्श माविका उज्वल कटुवाल र इष्ट होराइजनका समर्पण तामाङ तेस्रो भए ।
छात्रातर्फ ज्यामिरगढी माविकी सरस्वती राजवंशी प्रथम, जनता माविका अनामिका पुरी दोस्रो र सिताराम सामुदायुककी युनिसा सिलवाल तृतीय भए ।
४*१०० रिलेमा छात्रतर्फ धुलाबारी मावि प्रथम, इष्ट होराइजन दोस्रो र आदर्श मावि तेस्रो भए ।
छात्रातर्फ ज्यामिरगढी मावि प्रथम, धुलाबारी मावि दोस्रो र सरस्वती मावि तेस्रो भए ।
हाइजम्प छात्रतर्फ पवित्र माविका लिजन कार्की पहिलो, आदर्श माविका रिजन तामाङ दोस्रो र एमिटी पब्लिक स्कुलका सौजल ओझा तेस्रो भए ।
छात्रातर्फ दन्तकालीकी जेनिशा भुजेल प्रथम, तारापुन्जकी प्रसा भुजेल दोस्रो र पवित्र माविकी सभ्यता पुरी तेस्रो भइन् ।

सटपुटमा छात्रतर्फ लिटल एन्जल्सका भवेश खड्का पहिलो, इष्ट होराइजनका लक्षित कट्टेल दोस्रो र एरोन कार्की तेस्रो भए ।
छात्रातर्फ पवित्र माविका सिमरन राई पहिलो, हिमालयन एकाडेमीका गंगा धिमाल दोस्रो र ज्यामिरगढी माविकी आरती राजवंशी तेस्रो भए ।
भलिबलमा पुर्वान्चल र धुलाबारी भिड्ने :
छात्रा भलिबलतर्फ पुर्वान्चल अंग्रेजी मावि र धुलाबारी मावि फाइनल प्रवेश गरेका छन् ।

छात्रतर्फ एभरेष्ट अंग्रेजी मावि र धुलाबारी मावि सेमिफाइनल प्रवेश गरेका छन् । थप दुई सेमिफाइनलमा पुग्ने टिमको टुङ्गो लागि सकेको छैन् ।
जसका लागि हिमालयन र सहिद दशरथ चन्द मावि तथा अरनिको मावि र बलभद्र मावि बीच खेल हुनेछ ।
छात्रा कबड्डीतर्फ बाल सुबोधनी मावि र धुलाबारी फाइनल प्रवेश गरेका छन् ।
त्यस्तै छात्रतर्फ आदर्श मावि र बाल सुबोधिनी मावि बीच पहिलो सेमिफाइनल तथा धुलाबारी र बलभद्र जनता मावि बीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
फाइनल खेल भोलि हुनेछ । भोलि ट्र्याक एण्ड फिल्डतर्फ २ सय मिटर, ४ सय मिटर, ३ हजार मिटर, टृपल जम्प तथा ४x४०० रिले हुनेछ ।
खेल विहान ८ बजेबाट सुरुहुने आयोजकले बताएको छ ।
त्यस्तै समूह खेलमा भलिबल र कबड्डीका फाइनल खेल सम्पन्न हुनेछ ।
भोलिनै प्रतियोगिताको समापन समारोह सम्पन्न हुने प्रतियोगिताका सदस्य सचिव काँकरभिट्टा माविका प्रअ देबेन्द्र निरौलाले जानकारी दिए ।