मेचीनगर । मेचीनगर-८, स्थित आदर्श माध्यमिक विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।
मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच दाता परिवारको तर्फबाट कोष रकम हस्तान्तरण गरिएको हो ।

कोष मेचीनगर-७, इटाभट्टा निवासी लक्ष्मीप्रसाद ओलीले आफ्नी श्रीमती धनमाया ओलीको निधनमा स्थापना गरेका हुन् ।
सो अवसरमा दाता परिवारको तर्फबाट बोल्दै पूर्व शिक्षकसमेत रहेका बद्रीप्रसाद ओलीले विद्यार्थीहरुमा हौसला एवम् उत्प्रेरणा प्रदान गर्न विद्यालयमा कोष स्थापना गर्ने निर्णय भएको बताए ।
ओलीले अक्षयकोषलाई भविष्यमा बढाएर लैजाने सोच रहेकोसमेत बताए ।
"धनलक्ष्मी अक्षयकोष"को वार्षिक ब्याजबाट प्राप्त हुने रकम कक्षा ८ तथा कक्षा १० को वार्षिक परीक्षा उत्तीर्ण गरी सोही विद्यालयमा माथिल्लो कक्षामा अध्ययन गर्ने १/१ उत्कृष्ट विद्यार्थीले प्राप्त गर्ने ओलीले जानकारी दिए ।
अत्यन्तै पुनित कार्यका लागि वडाध्यक्ष गिरिराज धमलाले दाता परिवारलाई धन्यवाद ज्ञापन गरे ।
रकम हस्तान्तरण कार्यक्रममा दाता परिवारका सदस्य ७ नं वडाध्यक्ष प्रलाद मणी ओली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कबिता पोख्रेल बास्तोला, प्रधानाध्यापक कृष्ण पुरीलगायत सहभागी थिए ।