निशान निरौला/झापा
एचकेआर इन्टरटेनमेन्ट (HKR Entertainment) को प्रस्तुतिमा नयाँ म्युजिक भिडियो ‘तिम्रै हुन खोज्दै छु म’ सार्वजनिक भएको छ ।
प्रेम, भावना र आत्मीय सम्बन्धलाई समेटेर तयार पारिएको उक्त गीतको भिडियो हिकस राईको निर्देशनमा निर्माण गरिएको हो ।
गीतमा नन्दु गुरुङको स्वर रहेको छ भने गीतका शब्द दिनेश मण्डुले लेखेका हुन्। गीतमा तारावीर पाण्डेको संगीत रहेको छ।
प्रेमिल भाव र आकर्षक शब्दलाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले दर्शक तथा स्रोतामाझ फरक अनुभूति दिने अपेक्षा गरिएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा सन्देश खड्का र सञ्जिता धिमाल मुख्य भूमिकामा देखिएका छन् । भिडियोमा उनीहरूको अभिनयमार्फत गीतले बोकेको प्रेम र भावनात्मक पक्षलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
भिडियोको निर्देशनसँगै छायांकन र सम्पादनको जिम्मेवारीसमेत हिकस राईले सम्हालेका छन् ।
एउटै व्यक्तिले निर्देशन, छायांकन तथा सम्पादनको काम सम्हाल्दै तयार पारेको यस म्युजिक भिडियोमा गीतको भावअनुसार दृश्य संयोजन गरिएको छ।
एचकेआर इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको ‘तिम्रै हुन खोज्दै छु म’ अहिले दर्शक तथा संगीतप्रेमीका लागि सार्वजनिक गरिएको हो ।
गीतका गायक, गीतकार, संगीतकार तथा भिडियोमा संलग्न कलाकार र प्राविधिक टिमले यस सिर्जनालाई दर्शकमाझ पुर्याएका छन् ।