नक्सालबारी। बाहुण्डाँगी जेसीजको आयोजनामा भारतको नक्सालबारीमा सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा आयोजक विजयी भएको छ ।
जेसीजको अन्तराष्ट्रिय कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो ।
आयोजक बाहुण्डाँगी जेसीजले भारतको ताराबारीलाई ४-३ गोल अन्तरले पराजित गरेको छ ।
विजयी जेसीज टिमको तर्फबाट बिवेक तामाङले २ तथा विशाल तामाङ र किशन तामाङले १/१ गोल गरे ।
पराजित ताराबारीका लागि विशाल माझीले २ तथा अरुण माझीले १ गोल गरे पनि जीतको लागि पर्याप्त बन्न सकेन ।
आयोजक बाहुण्डाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेत्रराज क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
केदार सुनुवारले संयोजन गरेको कार्यक्रममा भारतीय सीमा सुरक्षा बलका अफिसर सुकवीर सिंह, किलारामजोत युवा संघ अध्यक्ष किशोर बस्नेत, संघका क्यासियर पूर्ण बस्नेतको उपस्थिति रहेको थियो ।
त्यस्तै बाहुण्डाँगी युवा क्लब अध्यक्ष पोषककुमार दर्जी, समाजसेवी दौलत क्षेत्री, नक्सालबारी पन्चायत सदस्य अजयकुमार दास, जेसीजका पूर्व अध्यक्ष कन्चन उप्रेती, सागर कार्की, संस्थापक उपाध्यक्ष निरज राईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले सामाजिक गतिविधिमा सक्रिय बाहुण्डाँगी जेसीजको आगामी कार्यक्रमको रुपमा रहेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता संचालान गर्न पुरस्कार तथा खेलाडी सम्मानका लागि नगद २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
मैत्रीपूर्ण खेल खेल्न ताराबारी पुगेको जेसीजको टिमलाई सह-आयोजक तथा स्थानीयको तर्फबाट खादा अर्पण गर्दै विशेष स्वागत तथा सम्मान गरिएको थियो ।
सह आयोजकका अध्यक्ष पूर्ण बस्नेतले स्वागत गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश अध्यक्ष बानियाँ र संचालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।
बाहुण्डाँगी जेसीजले वर्ष २०२४ को पदभार ग्रहण गरेसँगै सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा विविध कार्यक्रमको आयोजना गर्दै जेसीज गतिविधिलाई तीव्रता दिएको छ ।