चन्द्रगढी । जिल्ला प्रशासन कार्यालय आवद्द टिम प्रजिअ ११ तथा झापास्थित ट्रेड युनियनहरू आवद्ध टिम ट्रेड युनियन ११ बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
झापाको भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार सम्पन्न खेलमा ट्रेड युनियन एघारलाई ३-४ गोल अन्तरले प्रजिअ ११ विजयी भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलासहितको प्रजिअ ११ टिममा जिल्ला प्रशासन कार्यालय मातहतका कार्यालय प्रमुख र कर्मचारी संलग्न थिए ।
त्यस्तै ट्रेड युनियन ११ मा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन झापाका अध्यक्ष रामचन्द्र बस्नेतसहित निजामती कर्मचारी संगठन, कर्मचारी युनियन एवम् एकीकृत कर्मचारी संगठन आवद्ध पदाधिकारी तथा सदस्यहरू सहभागी थिए ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँको प्रमुख आथित्यता रहेको खेलकुद कार्यक्रममा प्रहरी उपरीक्षक राजन लिम्बु, राष्ट्रिय अनुसन्धान विभाग उपरीक्षक उमेश पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी निरौला, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील निरौला, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत टिकामणी न्यौपाने, नापी कार्यालय झापाका प्रमुख नापी अधिकृत सुनील आनन्द, कारागार कार्यालय झापाका प्रमुख रेवन्त भट्टराई, फुटबल संघ झापाका अध्यक्ष दिपेश ढकालसमेतको उपस्थिति रहेको थियो ।
त्यस्तैगरी जिल्ला स्थित ट्रेड युनियनका तर्फबाट नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष हिरण्य न्यौपाने, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष लक्ष्मी दाहाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष रामचन्द्र बस्नेत, एकिकृत कर्मचारी संगठनका उपाध्यक्ष वेणु सुवेदी समेतको उपस्थिति थियो।
२०१३ भाद्र २२ गते पहिलो निजामती सेवा ऐन लागू भएको सन्दर्भ पारेर हरेक वर्ष भाद्र २२ गते निजामती सेवा दिवश मनाउदै आईएको छ ।
निजामती सेवा दिवस- २०८२ को अवसरमा अन्य कार्यक्रमका अतिरिक्त मैत्रीपूर्ण फुटबल खेल आयोजना गरी दिवस मनाउने निर्णय भए बमोजिम मैत्रीपूर्ण फुटबल खेल आयोजना भएको जिल्ला प्रशासन कार्यालय झापाका नायब सुब्बा यदुनन्दन दाहालले जानकारी दिए ।