मेचीनगर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मेचीनगरबाट ५१.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, ४८.९५ प्रतिशत विद्यार्थी ननग्रेडेड भएको नगर शिक्षा शाखाले जानकारी दिएको छ । शाखाका अनुसार मेचीनगरका १४ विद्यालयबाट १ हजार ३३६ विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये ६८२ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
नगरका ९ सामुदायिक विद्यालयबाट सहभागी १ हजार १४० मध्ये ५३६ जना (४७.०२ प्रतिशत) उत्तीर्ण भएका छन् भने ५ संस्थागत विद्यालयका सहभागी १९६ मध्ये १४६ जना (७४.४९ प्रतिशत) उत्तीर्ण भएको सम्बन्धित विद्यालयलाई उदृत गर्दै नगर शिक्षा शाखाले जानकारी दिएको छ ।
मेचीनगरबाट सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको धुलाबारी माविबाट सहभागी ५९५ मध्ये ३१२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा साधारण धारतर्फका ५५८ मध्ये २८५ जना तथा प्राविधिक धारतर्फका ३७ मध्ये २७ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै काँकरभिट्टा माविबाट १९३ मध्ये ८३ जना, सहिद दशरथ चन्द माविबाट सहभागी १०४ मध्ये ३६ जना, हिमालयन इङ्गलिस एकाडेमीबाट ८८ मध्ये ६१ जना, आदर्श माविबाट सहभागी ७२ मध्ये २३ जना तथा मेची जनसाधारण माविबाट ५६ मध्ये २१ जना उत्तीर्ण भएका छन् ।
सरस्वती बालकल्याण माविबाट सहभागी ५२ मध्ये ३० जना, इष्ट होराइजन अंग्रेजी माविबाट ३५ मध्ये ३१, लिटल एन्जल्स इङ्गलिस स्कुलबाट सहभागी ३४ मध्ये ३० उत्तीर्ण भएका छन् ।
त्यसैगरी भानु माविबाट सहभागी ३१ मध्ये १६, होलिबेल अंग्रेजी माविबाट सहभागी २५ मध्ये १३, कविशिरोमणी माविबाट २४ मा ११, सुर्योदय अंग्रेजी माविबाट सहभागी १४ मा ११ तथा बलभद्र जनता माविबाट सहभागी १३ मध्ये ४ जना उत्तीर्ण भएको नगर शिक्षा शाखाले जानकारी दिएको छ ।
२ विषयसम्म ननग्रेडेड भएका विद्यार्थीहरुका लागि भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा संचालन हुनेछ । कक्षा १२ मा देशभरबाट ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।