मेचीनगर । मेचीनगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा पशुपति अंग्रेजी मावि प्रथम भएको छ ।
पहिलो बनेको पशुपति मावि काँकरभिट्टाले नगद ४ हजार र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा बाल सुबोधिनी मावि दुवागढी दोस्रो हुँदै नगद ३ हजार प्राप्त ग¥यो भने तेस्रो स्थान हासिल गरेको नर्थ पोइन्ट अंग्रेजी मावि काँकरभिट्टाले २ हजार र प्रमाण पत्र प्राप्त ग¥यो । चौथो बनेको धुलावारी माविले सान्त्वनास्वरुप १ हजार र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजेतालाई प्रमुख अतिथि मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख होमनाथ भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
आदर्श माध्यमिक विद्यालयको आयोजनामा सोमबार सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा नगरका २८ विद्यालयको सहभागीता रहेको थियो ।
सामुदायिक तथा संस्थागत गरी उल्लेख्य संख्यामा विद्यालय सहभागी भएपछि कार्यक्रम छनोट चरण र लाइभ राउण्डमा सञ्चालन गरिएको थियो ।
पहिलो छनोट चरणमा सहभागी २८ विद्यालयमध्ये बढी अंक प्राप्त गर्ने उत्कृष्ट ८ विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए ।
जनरल राउण्ड, ¥यापिड फायर, बजर राउण्ड तथा अडियो, भिडियो तथा पिक्चर राउण्ड गरी ४ वटा खण्डमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
प्रतियोगिताको पुरस्कार सौजन्य विद्यालयका पूर्व विद्यार्थी गणेश मैनाली तथा युवा समाजसेवी सन्तोष खवासले गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष गिरीराज धमला, नेपाल शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्ष लम्बोदर पौडेललगायत उपस्थित थिए ।
विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका सहायक प्रधानाध्यापक हेमेन्द्र निरौला तथा सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।