मेचीनगर । झापाको मेचीनगर-७, सतिघट्टामा नेपाल स्काउटको ‘कार्निभल क्याम्प २०८२’ सुरु भएको छ ।
सतिघट्टास्थित अरनिको माविको प्राङ्गणमा बिहीबार आयोजित भब्य समारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले क्याम्पको उद्घाटन गरे ।

क्याम्पमा झापाका विभिन्न पालिकास्थित ९ विद्यालयका स्काउट ट्रुपका ४ सयबढी स्काउटर सहभागी भएको नेपाल स्काउटकी मेचीनगर प्रमुख आयुक्त रिता थापाले जानकारी दिइन् ।
उद्घाटन शत्रकै अवसरमा प्रतियोगितात्मक मार्च पास आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रजिअ गेलालले सानो उमेरबाटै स्काउटिङ प्रवेशसँगै बालबालिकाहरुको प्रतिभा उजागर भएर जाने बताए ।
नेतृत्व क्षमता बढाउन स्काउटको मुख्य भुमिका हुने बताउँदै उनले समाजमा सकारात्मक परिवर्तनका लागि यस किसिमका कार्यक्रमले सहयोग मिल्ने धारणा राखे ।
सोअवसरमा विद्यालयका प्रअ विशाल भट्टराई, विद्यालयका अध्यक्ष निर्मलकुमार अधिकारी खत्री, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, प्रमुख राष्ट्रिय प्रशिक्षक एवम् पुर्व सह प्रमुख आयुक्त शिवकुमार पौडेल, नेपाल स्काउटकी शैक्षिक पद्धति आयुक्त एवम् महिला विभाग प्रमुख भुवन सुब्बालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा झापाका प्रहरी उपरीक्षक राजन लिम्बू,राष्ट्रिय अनुसन्धान विभागका झापा प्रमुख उप अनुसन्धान प्रमुख उमेश पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भ्ण्डारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
तीनदिन सम्म चल्ने क्याम्पको पहिलो दिन उद्घाटन समारोह तथा ‘सोसियल नाइट’, दोस्रो दिन विधागत प्रतिस्पर्धा तथा क्याम्प फायर र तेस्रो तथा अन्तिम दिन पुरस्कार वितरण, समुदाय सचेतना तथा समापन समारोह संचालन हुने स्काउटर दिपक रायाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा स्वागत आयोजकका रोभर सर्जिन निरौला र संचालन आयोजक काँकरभिट्टा ओपन क्रिउ सदस्य आनन्द बोहोराले गरेका थिए ।


