झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा झापाका १८ विद्यालयका ३३ जनाले ४ जिपीए प्राप्त गरेका छन् ।
जसमा ४ सामुदायिक र १४ संस्थागत छन् । ४ जिपीए ल्याउने विद्यार्थीहरु झापाका ७ पालिका छन् । सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका छन् । बिर्तामोडका १० जनाले ४ जिपीए ल्याएका छन् ।
बिर्तामोड नगरपालिकाअन्तर्गत मोहनमाया माविबाट ५ जना, अनार्मनी लिबर्टी स्कूल र बालमिकी एजुकेशन फाउण्डेशनबाट २/२ जना, महेन्द्ररत्न माविबाट १ जनाले ४ जिपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।
त्यस्तै बिर्तामोडपछि झापाको गौरादह नगरपालिकाका ८ जनाले ४ जिपीए ल्याउएका छन् ।
गौरादह नगरपालिकाअन्तर्गत इमिनेन्ट कञ्चनजङ्घा अंग्रेजी माविका ४ जना, माउन्ट एभरेष्ट मावि र नमुना अंग्रेजी माविका २/२ जनाले ४ जिपीए ल्याएका छन् ।
त्यस्तै दमक नगरपालिकाका ७ जनाले ४ जिपीए ल्याएका छन् । हिमालय मावि र सिद्धार्थ बोर्डिङ स्कूलका ३ जना, हिमालय माविका २ जना, मदरल्याण्ड अंग्रेजी मावि, झापा मोडेल अंग्रेजी माविका १/१ जनाले ४ जिपीए हासिल गरेको इकाईले जानकारी दिएको छ ।
भद्रपुर नगरपालिकाबाट ३ स्कुलका ३ जनाले ४ जिपीए ल्याएका छन् । भद्रपुर नगरपालिकाअन्तर्गत विरेन्द्र मावि, प्रज्ञान एकाडेमी र नेशनल मेरीगोल्ड अंग्रेजी माविका १/१ विद्यार्थी छन् ।
मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिकाबाट २/२ जनाले ४ जिपीए हासिल गरेका छन् ।
मेचीनगरबाट पारिजात अंग्रेजी मावि र इष्ट होराइजन अंग्रेजी माविका १/१ जनाले ४ जिपीए ल्याउँदा गौरीगञ्ज गाउँपालिकाका ज्ञानोदय अंग्रेजी मावि र ज्ञानकुञ्ज एकाडेमीका १/१ जनाले ४ जिपीए ल्याए ।
अर्जुनधारा नगरपालिबाट लक्ष्मी माविका १ जनाले ४ जिपीए हासिल गरेको इकाईले जनाएको छ ।
झापामा ४ जिपीए नतिजा हासिल गर्न सफल १८ विद्यालयहरुलाई शिक्षा दिवस सन्दर्भमा आयोजित एक कार्यक्रमका बीच शिक्षा विकास तथा समन्वय इकाई झापाले सम्मान गरेको थियो ।
एसइईमा सबैभन्दा उच्च अंक जिपिए ४ ल्याउने विद्यार्थी संख्या करिब एक हजार छ । नियमतितर्फ ९७१ जनाले ४ जिपीए ल्याएकोमा ग्रेडवृद्धि र पुनर्योगबाट सो संख्या केही बढेको छ ।
झापाबाट एसईई २०८१ मा ६५.७४ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदै कक्षा ११ पढ्न योग्य बनेका थिए ।