इटाभट्टा । झनक प्रसाद–खीनमाया समाज कल्याण प्रतिष्ठान मेचीनगरले विद्यालयमा प्रविधि केन्द्र स्थापना गरेको छ ।
बिहीबार प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालयमा प्रविधि केन्द्रको सुरुवात गरेको हो । केन्द्रले हाल एक लाख मुल्य बराबरका १० थान कम्प्युटर विद्यालयमा जडान गरेको छ ।
सो अवसरमा बोल्दै प्रतिष्ठान अध्यक्ष डम्मरुबल्लभ कट्टेलले केन्द्रलाई अझ ब्यापकता दिन क्रमशः पूर्वाधार विकास गर्दै लैजाने बताए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आफ्ना दिवङ्गत आफन्तलाई सम्झने कट्टेल परिवारको सोच सम्मानजनक रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रअ कृष्ण पुरीले आदर्श माविका पूर्व विद्यार्थी कट्टेलले विद्यालयलाई गरेको सहयोगलाई शब्दमार्फत ब्यक्त गर्न नसकिने बताए ।
सो अवसरमा वडाध्यक्ष गिरीराज धमला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्का, शिक्षक अभिभावक संघ अध्यक्ष केदार नेपाल, पूर्व विव्यस अध्यक्ष रेवन्तराज पोख्रेल, पूर्व शिअसं अध्यक्ष भोलानाथ तिम्सिना, स्वास्थ्यकर्मी राम मगर, पूर्व शिक्षक देवराज गिरी,
झखी प्रतिष्ठानका पदाधिकारीहरु लगायत सहभागी थिए ।
विद्यालयका अध्यक्ष खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रअ लम्बोदर पौडेलले गरेका थिए ।