झापा । बिर्तामोडमा विद्यालयस्तरीय साङ्गीतिक प्रतियोगिता आयोजना हुने भएको छ ।
दोस्रो संस्करणको झापा रक स्टार प्रतियोगिता यही साउन १० गते बिर्तामोडमा सुरु हुने आयोजकले बताएको छ ।
अमृत स्टोर बिर्तामोडको आयोजना हुने वार्षिक साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रमको तयारी सुरु गरिएको जानकारी दिइएको छ ।
प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए ।
प्रतियोगितामा झापाका सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाउने उनले बताए ।
कार्यक्रम संयोजक सुनिता तामाङका अनुसार ब्यान्डमा कम्तिमा पाँचजना सदस्यहरु अनिवार्य हुनुपर्नेछ । त्यस्तै, ब्यान्डमा एउटा वाद्यवादन नेपाली लोक बाजा हुनुपर्नेछ ।
पहिलो चरणबाट दोस्रो चरणमा छनोट भएका टप ६ वटा प्रतिस्पर्धी सांगीतिक समूहहरूले फाइनल चरणको प्रस्तुति दिन पाउने छन् ।
सङ्गीत साधनमा विद्यार्थी तथा युवालाई आकर्षित गर्ने तथा नेपाली भाषा, कला, संस्कृति, संगीत र लोक बाजाको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।
त्यस्तै, म्युजिक ट्रयाक छोडेर लाइभ ब्यान्ड कल्चरको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५०, ३० र २० हजार नगद पुरस्कारसहित मेडल तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।