झापा । कोशी प्रदेश सरकारले ३५ अर्ब ८८ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
असार १ गते आइतबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले झन्डै ३६ अर्ब बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरे ।
प्रस्तुत अनुमानित बजेटमध्ये शिक्षा, खेलकुद, संस्कृति, रोजगार तथा समावेशिताको लागि २ अर्ब ५ करोड ५५ लाखको बजेट विनियोजन गरेको जानकारी गराए ।
मन्त्री मगरले प्रस्तुत गरेको बजेटमा उल्लेख शिक्षाका केही महत्वकांक्षी योजना समेटिएका छन् । गत वर्षसमेत प्रदेशले शिक्षाका विविध क्षेत्रमा बजेट बिनियोजन गरेको थियो ।
यी हुन् मुख्य योजना :
–विज्ञान तथा प्रविधिको आकषर्ण बढाउन विज्ञान प्रविधि केन्द्र (साइन्स सेन्टर) स्थापना गरिने,
–हिमाली र पहाडी क्षेत्रका विद्यालयको भौतिक संरचना सुदृढ गर्दै आवासीय विद्यालय निर्माण गर्न आवश्यक बजेट विनियोजन
–निजामती आवासीय विद्यालय धनकुटालाई नमुना विद्यालयको रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था
–बालमैत्री विद्यालय व्यवस्थापन, प्रविधिमैत्री शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापन र एकआपसमा गाभिएका विद्यालयलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन
–हिमाली र पहाडी क्षेत्रका युवा लक्षित गरी प्राविधिक तथा व्यवसायिक शिक्षा, प्रशिक्षार्थी तालिम सञ्चालन गर्न तथा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन
–शिक्षा तालिम केन्द्रको संस्थागत सुदृढीकरण गरी शिक्षकको पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था
–हिमाली तथा पहाडी क्षेत्रमा दरबन्दी नभएका विद्यालयमा व्यवस्थापन गरिएको स्वयंसेवक विज्ञान शिक्षक कार्यक्रमलाई निरन्तरता
–मनमोहन प्राविधिक विश्वविद्यालयको संरचनागत तथा व्यवस्थापकीय सुधार गर्न र चिकित्सा विज्ञान लगायतका विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि बजेट विनियोजन
–उच्च शिक्षा अध्ययनरत विपन्न, दलित र अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न बजेट व्यवस्था
–अपाङ्गता भएका बालबालिका अध्ययनरत विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा सहयोगका लागि आवश्यक रकम व्यवस्था
–प्रदेशभित्र विशेष प्रकृतिका बालबालिका अध्ययन गर्ने स्रोत कक्षामा कार्यरत आयाको प्रोत्साहनका लागि मासिक दुई हजार रुपैँयाका दरले प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था
–सरस्वती माध्यमिक विद्यालय दमकलाई अटिजम अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आवश्यक बजेट व्यवस्था
–मुसहर समुदाय केन्द्रित सक्षम छोरी कार्यक्रम सञ्चालन गर्न १ करोड ५० लाख बजेट विनियोजन
–बालविवाहमुक्त प्रदेश निर्माण गर्न विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम,
–ज्योतिष, वास्तु एवम् तान्त्रिक अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक बजेट,