इटाभट्टा । आदर्श माध्यमिक विद्यालयले आइतबार पुरस्कार वितरण तथा शिक्षक बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी लगायतका अतिथिले विभिन्न अक्षयकोषमार्फत विद्यार्थी, शिक्षक तथा अभिभावक सम्मान तथा पुरस्कृत गरे ।
वर्ष उत्कृष्ट शिक्षकबाट भूमिलाल राजवंशी नगद १० हजार तथा प्रमाणपत्रले सम्मानित भए । त्यस्तै वर्ष उत्कृष्ट अभिभावकको रुपमा पदमलाल पाण्डे, मुना श्रेष्ठ, शान्ति चौधरी र कविता पोख्रेल सम्मानित भए ।
त्यस्तै विभिन्न अक्षयकोषमार्फत दर्जनौं विद्यार्थी पुरस्कृत भए ।
विद्यालयमा स्थापित कृष्ण प्यारी स्मृति पुरस्कारबाट भूमिका सार्की कक्षा ४ बी, रुपा खत्री कक्षा ६ सी र पूर्णिमा मगर कक्षा ७ सी नगद ४ हजारसहित पुरस्कृत भए । त्यस्तै प्रचण्डमान स्मृति पुरस्कारबाट आयुष श्रेष्ठ कक्षा ६ बी, सुरज राजवंशी कक्षा ७ बी र सुशान्त राजवंशी कक्षा ५ ए नगद ४ हजारसहित पुरस्कृत भए ।
महानन्द लक्षीमा स्मृति पुरस्कारबाट कक्षा ११ मा उत्कृष्ट जिपीए प्राप्त गर्ने सन्जोग खवास ३.०४ जिपीए तथा दिया सुनुवार ३.३९ जिपीए नगद २ हजारसहित पुरस्कृत भए ।
त्यसैगरी झनकप्रसाद कट्टेल स्मृति पुरस्कारबाट भूमिका गुरागाईं ३.८१ जिपीए, कृष्णमान धिमाल ३.३९ जिपीए नगद ३ हजार ५ सयसहित पुरस्कृत भए ।
निलम मैनाली स्मृति कोषबाट लिजा धिमाल नगद ३ हजार, नारायण स्मृति कोषबाट विनोद खुलाल कक्षा ९ सी, निश्चल बस्नेत कक्षा ८ ए, लक्ष्मी राजवंशी कक्षा ८ सी, नुमा देवान कक्षा ३ ए तथा प्रिन्सेस बस्नेत कक्षा ७ ए नगद २ हजारसहित पुरस्कृत भए ।
त्यस्तै नारायण स्मृति कोषबाट एसईईमा उत्कृष्ट जिपीए प्राप्त गर्ने सन्तोष सेलिङ ३.६४ र कक्षा १२ मा उच्च जिपीए प्राप्त गर्ने सम्झना दास ३.४३ जिपीए नगद ५ हजारसहित पुरस्कृत भए । त्यस्तै दाता गणेश मैनालीमार्फत २० जना विद्यार्थीलाई सदन पोशाक तथा कक्षा १२ मा अध्ययनरत १० विद्यार्थी जनही नगद ३ हजारसहित पुरस्कृत भए ।
सो अवसरमा विद्यालयका विद्यार्थीहरुले नृत्य, गीत तथा अन्य प्रस्तुती दिएका थिए । शिक्षक रेवती राजवंशी र दमयन्ती गिरी तथा पूर्व शिक्षक पर्शुराम तिम्सिनाले गीत तथा कविता प्रस्तुत गरेका थिए ।
सोही अवसरमा विद्यालयमा चार दशक काम गरेका शिक्षक विष्णु गिरीको बिदाई गरिएको थियो ।
आइतबारबाटै अनिवार्य अवकाश भएका गिरी विद्यालयको लेखापाल थिए । २०४२ सालबाट शिक्षण सुरु गरेका गिरी २०४८ सालबाट स्थायी सेवा प्रवेश गरेका थिए । उनको सम्मानमा शिक्षक, कर्मचारी, विद्यार्थी, विव्यस पूर्व पदाधिकारी तथा अभिभावक सहभागी भएका थिए ।
सो अवसरमा प्रमुख अतिथि बुढाथोकी, वडा नम्बर ८ का अध्यक्ष गिरीराज धमलालगायतले शुभकामना मन्तब्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रअ कृष्ण पुरी तथा सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।