कमल । झापा जिल्ला अदालतको 'समुदायमा अदालत' कार्यक्रम सम्पन्न भएको छ ।
![received_3269912797526031707486274.jpeg](https://www.sudurpurwa.com/uploads/posts/received_3269912797526031707486274.jpeg)
जिल्ला अदालत झापाको आयोजनामा शुक्रबार कमल गाउँपालिकामा सम्पन्न कार्यक्रममा अदालतको संरचना, कार्य प्रकृया, अनलाइन सेवालगायतका विषयमा सहजीकरण गरिएको थियो ।
जिल्ला अदालत झापाका प्रमुख जिल्ला न्यायाधीश ईश्वरमणी ओझाको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, अदालतका श्रेस्तेदार किरण सिंह, तहसिलदार सुभाष दाहाल, शाखा अधिकृत रामचन्द्र बस्नेत, शुक्रराज वान्तवा, वडाध्यक्ष, मेलमिलाप समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
![received_15314923343755951707486307.jpeg](https://www.sudurpurwa.com/uploads/posts/received_15314923343755951707486307.jpeg)
आम मानिसमा अदालत र न्याय प्रतिको गलत धारणा हटाउँदै न्यायपालिकाप्रति आस्था र विश्वास जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख अतिथि न्यायाधीश ओझाले बताए ।
समुदायस्तरमा अदालतको न्यायिक पहुँच अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको शाखा अधिकृत रामचन्द्र बस्नेतले बताए ।
कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष न्यौपानेले न्यायाधीशसँगै बसेर न्यायपालिकाका बिषयमा समस्या र गुनासा राख्न पाइएकोमा जिल्ला अदालत झापाप्रति आभार प्रकट गरिन् ।
सो अवसरमा न्याय प्रणालीलाई सहभागीमार्फत अभिभावकसम्म पुर्याउने लक्ष्यका साथ सहभागीका तर्फबाट अदालतप्रतिको गुनासा तथा सुझाव संकलन गर्दै अन्तर संवादसमेत संचालन गरिएको शाखा अधिकृत बस्नेतले जानकारी दिए ।
![received_10806206298418351707486338.jpeg](https://www.sudurpurwa.com/uploads/posts/received_10806206298418351707486338.jpeg)