रामेछाप । खाँडादेवी जेसीजको पाचौँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले जेसी सुदिप श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचित नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी सन्दिप श्रेष्ठ र जेसी पारस खड्का, उपाध्यक्षमा जेसी राज मैनाली, जेसी इश्वर श्रेष्ठ, जेसी शेखर राज श्रेष्ठ, जेसी कुशल खड्का पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, जेसीजको विधानअनुसार सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कानुनी सल्लाहकारमा जेसी सम्झना श्रेष्ठ, महासचिवमा जेसी तेज कुमार श्रेष्ठ, कोषाध्यक्षमा जेसी असिम श्रेष्ठलाई मनोनित गरेका छन् ।
अधिवेशनको प्रमुख अतिथी काठमाडौँ जेसीज वर्ष २०२३ का अध्यक्ष सिनेटर रफि भण्डारीले पानसमा दियो बालेर कार्यक्रमको समुुद्घाटन गरेका थिए ।
विशेष अतिथीमा खाँडादेवी जेसीजको संस्थापक अध्यक्ष जेसी होमराज श्रेष्ठ, अतिथीहरुमा काठमाडौँ लेडि २०२५ कि अध्यक्ष जेसी तुलसी थापा, युवा व्यवसायी राज मैनाली, युवा नेता एवं समाजसेवी प्रबिण श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
सभाले वर्ष २०२६ को निर्वाचन प्रक्रियाको लागि निर्वाचन अधिकृत जेसी विनोद कुमार श्रेष्ठ, मनोनयन अध्यक्षमा जेसी ओमराज श्रेष्ठ र उम्मेदवारीहरुलाई प्रशिक्षण दिनको लागि जेसी सम्झना श्रेष्ठलाई जिम्मेवारी दिएको थियो ।
अध्यक्षमा निर्वाचित श्रेष्ठले आफ्नो कार्यकाललाई “नयाँ उर्जाका साथ समुदायमा रहेका उत्पादन एवं सिपमुलक कार्यको शुरुवात गर्दै वर्ष २०२५ ले गर्न बाकि रहेको कार्यलाई पनि आफ्नो अभियानका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले युवालाई संगठित गर्दै नेतृत्व विकास, सामाजिक सेवा र समयानुकूल कार्यक्रममार्फत जेसीजलाई सक्रिय, सक्षम र समुदायमुखी संस्थाका रूपमा चलायमान बनाउने योजना सुनाए ।
२०२० मा स्थापना भएको जेसीआई खाँडादेवी सामाजिक संस्था हो। सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व विकास गर्न सहयोग पुर्याउने यस संस्थाको मुख्य उद्देश्य हो । स्थापनाकालदेखि नै सामाजिक,आर्थिक तथा समय अनुरूप नेतृत्व र व्यक्तित्व विकास आदि विभिन्न क्षेत्रहरूमा विभिन्न कार्यहरू सफलता पूर्वक सम्पन्न गर्दै आइरहेको छ।