झापा । नेपाल शिक्षक महासंघ झापाले जिल्लास्थित समन्वय इकाईमा आइतबार धर्ना दिएको छ ।
महासंघ राष्ट्रिय समितिको निर्देशन बमोजिम देशभरका शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिइएको हो ।
जिल्लाका घटक संस्थाका नेतृत्वसहित इर्काइ पुगेको महासंघको टोलीले इकाई प्रमुखमार्फत नेपाल सरकारलार्ई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।
महासंघ झापा अध्यक्ष नेत्र खरेल, शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, विद्यालय कर्मचारी परिषद केन्द्रीय उपाध्यक्ष बालकृष्ण न्यौपाने, शिक्षक संघ झापा अध्यक्ष टिएन दाहाल ’भास्कर’, प्रगतिशील राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, एकीकृत अखिल नेपाल शिक्षक संगठन झापा अध्यक्ष रवीन मैनाली, इष्टु केन्द्रीय सदस्य राजु बराललगायतले ध्यानाकर्षण पत्र इकाई प्रमुख कुमार बस्नेतलाई हस्तान्तरण गरेका छन् ।
झापाका इकाई प्रमुख बस्नेतले महासंघले बुझाएको पत्र हुबहु इकाईको 'लेटरहेडमा' शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पठाउने बताए ।
सोअवसरमा बोल्दै नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष चौलागाईंले यसअघिको भन्दा दोब्बर ठुलो आन्दोलनका लागि तयार रहन सबै शिक्षक तथा कर्मचारीहरुलाई आग्रह गरे । उनी यसअघि आन्दोलन परिचालन समिति कोशी प्रदेश संयोजक रहेका थिए ।
संगठन सहभागी भएन
नेपाल शिक्षक महासंघ झापाको अगुवाईमा इकाईमा धर्ना दिने कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन झापा सहभागी नभएको पाइएको छ ।
सो सम्बन्धमा संगठन झापाले सूचनानै जारी गरी शिक्षक महासंघ झापाले आयोजना गरेको कार्यक्रममा सहभागी नहुन सर्कुलर जारी गरेको थियो ।
महासंघ गठन प्रवृmया सम्बन्धमा आफुहरुको असहमती रहेको जनाउँदै संगठनका जिल्ला सचिव उमानाथ भण्डारीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा महासंघ एकलौटी ढंगमा चलेको एवम् झापामा संगठनलाई अलग राखी महासंघ गठन भएको आरोप लगाइएको छ ।